बिएल संवाददाता
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले घुस प्रकरणको अडियो आफ्नो नभएको दाबी गरेका छन्। उनले आफ्नो अभिष्ट पूरा नभएपछि चरिहत्या गर्ने प्रयास भएको जिकिर गरे।
बिहीबार मन्त्रालयमा आफ्नो एक वर्षे प्रगति प्रतिवेदन सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले कास्कीका मालपोत अधिकृतको सरुवा गर्न चाहने व्यक्तिले आफ्नो उद्देश्य पूरा नपाएपछि अडियो सार्वजनिक गरेको दाबी गरे।
उनले भने, ‘मालपोत अधिकृत फिर्ता गर्न आएका थिए, मैले हुन्न भनेपछि यी कुरा बाहिर आएका हुन्। मालपोत अधिकृत पुसमै सरुवा हुनुभएको हो। उहाँले त्यहाँ बस्दिनँ, जान्छु पनि भन्नुभएको थिएन। त्यसैले सरुवा गर्ने कुरै थिएन, त्यो पूरा नभएपछि चरित्रहत्या गर्न खोजियो।’
अडिओमा आएका बोल्ने भाषा, व्यक्त गर्ने व्यक्तिहरू आफूसँग सम्बन्धित नभएको पनि जिकिर गरे। उनले सञ्चारकर्मीहरूलाई पनि आफ्नोबारेमा लेख्दा तथ्यमा केन्द्रीत भएर सोधेर लेख्न आग्रह गरे।
कहीँ कतै आफ्नो संलग्नता पुष्टि भए जस्तोसुकै सजाय भोग्न पनि तयार रहेको पनि बताए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया