
बिएल संवाददाता
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले घुसकाण्डको अडियोबारे स्पष्टीकरण दिँदै राजीनामा नदिने बताएका छन्।
बिहीबार मन्त्रालयमा आफ्नो एक वर्षे अवधिको प्रगति विवरण सार्वजनिन गर्न आयोजित पत्रकार सम्मेलनमा उनले राजीनामा नदिने स्पष्ट गरेका हुन्।
पोखराको १ सय ३५ रोपनी जग्गा व्यक्तिको नाममा ल्याउन लागि परेका गिरोहसँग घुस लिएको अडियो प्रकरणमा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिनुपर्यो। तर, उनै मन्त्रीले गुप्ताले समेत डामेका मन्त्री अधिकारी भने पदमै छन्।
बुधबार मात्र मन्त्री अधिकारीले ३२ लाख घुस लिएको दाबी गरिएको अर्को अडियो सार्वजनिक भएको थियो। अडियो सार्वजनिकपछि पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारीले राजीनमा नदिने प्रष्ट पारे।
उनले ‘मन्त्रिपरिषद पुनर्गठन हुँदा मन्त्री नरहन सक्छु, तर अहिले राजीनामा दिन्नँ’ भन्दै राजीनामा नदिने भनेका हुन्।
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया