
बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबै तहका निर्वाचनमा योग्य उम्मेद्वार चयन गर्न पारदर्शी, लोकतान्त्रिक र वैज्ञानिक पद्धतिमा आधारित उम्मेदवार छनोट विधि सार्वजनिक गरेको बताएको छ।
पार्टीको विधानको भाग १९ र २० मा उल्लेखित लिडरशिप एकेडेमी, उम्मेदवार क्लब र प्रारम्भिक निर्वाचन प्रणालीको मर्मअनुसार तयार गरिएको यो विधि उम्मेद्वार छनोटलाई थप व्यवस्थित, संस्थागत र वस्तुनिष्ठ बनाउने उद्देश्यले ल्याइएको हो।
पार्टीले यस्तो विधिबाट मात्रै देश र जनताप्रति प्रतिवद्ध, योग्य, र सक्षम उम्मेद्वार चयन गर्न सकिने जनाएको छ। यस प्रणालीले पार्टीभित्रको आन्तरिक लोकतन्त्र बलियो बनाउने, निर्वाचनमा प्रतिस्पर्धात्मकता बढाउने र आम नागरिकको विश्वास जित्ने अपेक्षा गरिएको छ।
रास्वपाको यो नयाँ उम्मेद्वार छनोट विधिले नेपाली राजनीतिको पारदर्शिता, जवाफदेहीता र समावेशितालाई संस्थागत गर्दै जनतामाझ पार्टीको विश्वसनीयता बढाउने ठोस प्रयासका रूपमा हेरिएको छ। पार्टीले नेतृत्व विकासमा लगानी गर्दै अबको राजनीति मूल्य, सिद्धान्त र क्षमतामा आधारित हुने बताएको छ।
यस्तो छ उम्मेद्वार छनोट विधि-
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया