बिएल संवाददाता
नेकपा एमालेको सचिवालय बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई दिइने जिम्मेवारीबारे छलफल भएको छ।
बिहीबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै भण्डारीको विषय प्रवेश गराएका हुन्।
एमाले सचिव योगेश भट्टराईका अनुसार बैठकमा अध्यक्ष ओलीले भण्डारीलाई दिने जिम्मेवारीबारे विषय प्रवेश गराएका थिए। यसबारे थप छलफल गरेर आवश्यक निर्णय लिनेबारे नेताहरूबीच कुराकानी भएको थियो।
‘विधान महाधिवेशन सम्वन्धी छलफल भइरहेको हो। के कसरी जाने भनेर छलफल हुँदैछ। पार्टीमा सबैको ठूलो नेतृत्व छ। भण्डारी जीको बारेमा पनि छलफल हुन्छ। अध्यक्षजीले पनि छलफल गरौंला भन्नु भएको छ। उहाँको व्यक्तिगत निजी विषय पनि भएन। उहाँले सबै त्यागेर आइसकेपछि यो पार्टीको कुरा हो छलफल हुन्छ। उहाँ आउनुहुन्छ भने उहाँलाई उचित स्थान दिनुपर्ला। त्यो पनि पार्टीको हाइलेबलमा कुराकानी होस् भन्ने हाम्रो चाहाना हो। यो सार्वजनिक विषय हो यसलाई हल गर्नैपर्छ,’ उनले भने।
१४ असारमा मदन जयन्तीका अवसरमा भण्डारीले एमाले राजनीतिमा पुनरागमन गरेको र आफूले सदस्यतासमेत नवीकरण गरिसकेको जानकारी दिएकी थिइन्।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया