बिएल संवाददाता
वामदेव गौतमको नेतृत्वमा रहेको नेकपा राष्ट्रिय एकता अभियान आज नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सँग औपचारिक रूपमा एकीकरण हुँदैछ।
भैंसेपाटीमा सम्पन्न अभियानको अन्तिम केन्द्रीय समिति बैठकले चार वर्षको समग्र समीक्षा गर्दै एकता गर्ने निर्णय लिएको हो।
बैठकमा संयोजक गौतमको अध्यक्षता रहेको थियो, जहाँ दुवै पक्षका शीर्ष नेताहरूबीच यसअघि नै सैद्धान्तिक समझदारी बनेको औपचारिक अनुमोदन गरिएको छ।
एकतापछि पार्टीको राजनीतिक दर्शन, कार्यक्रम, रणनीति र कार्यदिशामा एकरूपता रहने बताइएको छ। साथै, नेपालको कम्युनिष्ट आन्दोलनलाई थप संगठित र सुदृढ बनाउने साझा उद्देश्यका साथ यो एकता अघि बढाइएको हो।
यस एकीकरणको औपचारिक घोषणा आज राष्ट्रिय सभागृहमा हुनेछ। उक्त सभाका लागि एकीकृत समाजवादीले आफ्नो मातहतका सम्पूर्ण कमिटीहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइसकेको छ।
वामदेव र माधव नेपालको समूह नेकपा माओवादी र एमालेको एकताबाट बनेको तत्कालीन ‘नेकपा’बाट सँगसँगै बाहिरिएका थिए। माधव नेपालले झलनाथलाई वरिष्ठ नेता बनाएर एकिकृत समाजवादी पार्टी बनाए। तर वामदेव गौतम भने बाहिरै थिए।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया