बुधबार, १४ जनवरी २०२६

प्रचण्डपछि विद्यादेवी भण्डारीसँग डा. शेखरकाे भेटवार्ता

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेका छन्। भण्डारीको निवासमै पुगेर कोइरालाले लगभग १ घण्टाजति कुराकानी गरेका थिए। 

कोइराला सचिवालयका अनुसार बिहीबार बिहानै उनी भण्डारी निवास पुगेका थिए। समसामयिक राजनीतिक अवस्थासँगै दुई नेताबीच बढ्दो भ्रष्टाचार र बेथितिकाबारेमा पनि छलफल भएकोँ थियो। 

कोइरालाले सरकारले भनेजस्तो सुशासन कायम गर्न नसकेको बताएका थिए भने भण्डारीले पनि आफू सधैं भ्रष्टाचार विरुद्ध र सुशासनको पक्षमा रहेको बताएकी थिइन्। 

बुधबारमात्रै कोइरालाले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भेटघाट गरेका थिए। नेपाली काँग्रेस नेकपा एमाले नेतृत्वको सरकारमा प्रमुख साझेदार पनि हो। तर पछिल्ला दिनमा कोइरालाले निरन्तर सरकारको आलोचना गर्दै आएका छन्। 

पूर्वराष्ट्रपति भण्डारीले केही समयअघि मात्रै सरकारी सेवासुविधा त्याग गर्दै एमालेको राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन्।  

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!