बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले कांग्रेस र एमालेका नेताहरूसँग आफ्नो योजना, सिद्धान्त, रणनीति केही नरहेको दाबी गरेका छन्। उनले सत्तारुढ दलका नेताहरू रास्वपाका नेताहरूको जवाफ दिएर बस्ने काम गरिरहेको बताए।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद झाले सत्तापक्षले संसदमा प्रतिपक्षको खण्डन गर्न नमिल्ने भन्दै अब सत्तापक्षलाई संसदीय अभ्यास रास्वपाले सिकाउने जिकिर गरे।
उनले आफ्नो पार्टी प्रदेश सभा खारेज गर्ने पक्षमा रहेको बताए। उनले रास्वपा प्रदेश राख्ने पक्षमा भएपनि प्रदेश सभा खारेज गर्ने पार्टीको नीति रहेको बताए।
उनले प्रदेश सभामा सम्बन्धित पालिकाका प्रतिनिधिहरू पुग्ने गरी व्यवस्था गर्न आफूहरू अघि बढेको बताए।
उनले रास्वपाले संघमा २१ वटा मन्त्रालयलाई १५ मा झार्ने योजनाअनुसार आफ्नो नीति अघि बढाइरहेको जिकिर गर्दै विभिन्न कालखण्डमा बनाइएका आयोगहरू पनि खारेज गर्ने पक्षमा रास्वपा रहेको उल्लेख गरे।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया