बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले कांग्रेस र एमालेका नेताहरूसँग आफ्नो योजना, सिद्धान्त, रणनीति केही नरहेको दाबी गरेका छन्। उनले सत्तारुढ दलका नेताहरू रास्वपाका नेताहरूको जवाफ दिएर बस्ने काम गरिरहेको बताए।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद झाले सत्तापक्षले संसदमा प्रतिपक्षको खण्डन गर्न नमिल्ने भन्दै अब सत्तापक्षलाई संसदीय अभ्यास रास्वपाले सिकाउने जिकिर गरे।
उनले आफ्नो पार्टी प्रदेश सभा खारेज गर्ने पक्षमा रहेको बताए। उनले रास्वपा प्रदेश राख्ने पक्षमा भएपनि प्रदेश सभा खारेज गर्ने पार्टीको नीति रहेको बताए।
उनले प्रदेश सभामा सम्बन्धित पालिकाका प्रतिनिधिहरू पुग्ने गरी व्यवस्था गर्न आफूहरू अघि बढेको बताए।
उनले रास्वपाले संघमा २१ वटा मन्त्रालयलाई १५ मा झार्ने योजनाअनुसार आफ्नो नीति अघि बढाइरहेको जिकिर गर्दै विभिन्न कालखण्डमा बनाइएका आयोगहरू पनि खारेज गर्ने पक्षमा रास्वपा रहेको उल्लेख गरे।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया