बिएल संवाददाता
दाङका सञ्चार उद्यमी देवीप्रसाद धिताल ‘हेमराज’का हत्यारालाई कारबाहीको माग गर्दै गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराइएको छ।
हेमराजका भाइ पुष्कर धितालको तर्फबाट रेडियो तुलसीपुरका स्टेशन प्रमुख अर्जुन गिरी, प्रेस चौतारीका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सह-इन्चार्ज गणेश आचार्यले शनिबार गृहमन्त्री लेखकलाई ध्याकर्षण पत्र बुझाएका छन्।
रेडियो तुलसीपुरका अध्यक्ष रहेका हेमराजको ०६७ साल साउन ६ गते अपराह्न तुलसीपुर-१२ जसपुरमा अज्ञात समूहले गोली हानी हत्या गरेको थियो।
ध्याकर्षण पत्र बुझ्दै गृहमन्त्री लेखकले अपराधीलाई कारबाही गर्नु राज्यको कर्तव्य भएको बताउँदै सञ्चार उद्यमी हेमराजका हत्याराको पहिचानगरी कारबाही गर्न प्रहरीलाई निर्देशन दिने प्रतिवद्वता जनाए।
हत्याराको पहिचान गरी कारबाही गरिने उनले बताए। ‘१५ वर्षसम्म पनि सञ्चार उद्यमीका हत्यारा पत्ता नलाग्नु दु:खद हो,‘ गृहमन्त्री लेखकले भने ‘ढुक्क हुनुस्, यस घटनालाई तत्काल गम्भीर अनुसन्धान गरी कारबाही गर्न आईजीपीलाई निर्देशन दिन्छु।’
घटनाको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले गरिरहेको छ। सीआईबीले अनुसन्धान थाले पनि अनुसन्धानमा उपलब्धी भने शून्य भएको मृतक हेमराजका भाइ पुष्करको गुनासो छ।
उनका अनुसार प्रहरीले हालसम्म हत्याराको स्केचसमेत तयार पार्न सकेको छैन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया