बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी ओली निरंकुश र स्वेच्छाचारी तथा प्रतिशोधी प्रवृत्तिका मानिस भएको टिप्पणी गरेका छन्।
पार्टी सम्वद्ध गोरखा-काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार राजधानीमा आयोजना गरेको पार्टी स्कुल कार्यक्रममा बोल्दै पुनले ओलीको अन्य राजनीतिक दलका नेताहरूप्रति प्रतिशोध लिने क्रम नरोकिएको बताएका हुन्।
ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा र उनका छोरालाई रास्वपा सभापति रवि लामिछानेको जस्तै नियती बनाइदिने धम्की दिएर, तर्साएर गठबन्धन जोगाउने प्रयास गरेको दाबी गरे।
उनले रविलाई थुनेर रास्वपा विभाजन गर्ने नियतका साथ ओलीले कदम चालेको जिकिर गरे।
‘ओलीजीले विरोधीलाई ठेगान लगाउने नाममा अरु दलका मुल नेतृत्वमाथि मुद्धामामिला लगाउने पार्टी विघटन गरिदिने वा आफूमा गाभ्ने नीति लिनुभएको छ। रवि लामिछानेलाई भित्र राखेर पार्टी फुटाइदिने। ‘एक्स्ट्रिम राजावादी दुर्गा प्रसाईं र रवीन्द्र मिश्रलाई जेल हाल्दिने। राजेन्द्र लिङदेनलाई अहिले आन्दोलन नगर भनेर रोक्न लगाउने।’
पुनले थपे, ‘हेर्दै जानुस् कांग्रेस गठबन्धनबाट अलिकती चल्मलाउन थाल्यो भने उहाँले कुनै केही न केही नाममा आरजु राणालाई मुद्धा लगाउने तयारी गर्नुभएको छ। उहाँले अब आरजुका आमाछोराको पालो हो भनेर कांग्रेस नेतृत्वलाई तर्साइरहनुभएको छ।’
उनले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक र टेरामक्स खरिद प्रकरणमा सांसद मोहनबहादुर बस्नेतलाई तानेर ओलीले देउवामाथि दबाब बढाएको दाबी गरे।
पुनले माओवादी अध्यक्ष (प्रचण्ड)लाई सीआईबी, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियारमार्फत फसाउन सकिन्छ कि भनेर ओलीले एक वर्षअघि नै प्रयास गरेको दाबीसमेत गरे।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया