
बिएल संवाददाता
नेकपा एमालेको जारी पोलिटब्यूरो बैठकमा पूर्वराष्ट्रपति विद्या भण्डारी, कांग्रेस नेता शेखर कोइराला र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मिलेर नयाँ सत्ता समीकरण बनाउन खोजेको विषयले प्रवेश पाएको छ।
पार्टी कार्यालय च्यासलमा जारी बैठकमा पोलिटब्यूरो सदस्य महेश बस्नेतले कांग्रेस-एमालेका असन्तुष्ट पक्षले प्रचण्डसँग मिलेर ओली सरकार ढाल्ने प्रयास गरेको चर्चाको विषय उठान गरेका हुन्।
बठकमा बस्नेतले भने, ‘अहिले प्रचण्ड, शेखर र विद्या भण्डारी मिलेर सत्ता समीकरण खोज्दै छन् भनेर अमरेश सिंहले भन्ने। चीन भ्रमणदेखि नारायणकाजी, शेखर कोइरालासंग विद्या कमरेडको भेटघाट र ‘सहयोग माग’ बाम एकताको नाममा फेरि एमाले कमजोर पार्ने चालमा कम्युनिस्ट विरोधी तत्व सल्बलिएका छन्, घुस्न दिनु हुन्न। अन्तिम निर्णय हाम्रो पार्टीको संगठन भित्रैबाट मात्रै हुन्छ।’
शेखरको नेतृत्वमा सरकार बनाउने विषय केही दिनदेखि चर्चामा छ। स्वतन्त्र सांसद सिंह शेखर कोइरालासँग मिलेर भेटघाटमा सक्रिय छन्। एमाले र कांग्रेसको असन्तुष्ट पक्षहरू प्रचण्ड, माधव नेपाल, रास्वपा लगायत मधेसवादी दलसँग मिलेर सरकार बनाउने प्रयास थालेको चर्चा भइरहेको छ।
त्यस्तै बस्नेतले एमालेभित्र नेतृत्वको र पार्टीको पक्षमा उभिँदा असक्षम बनाउने र खुइल्याउने रोग बडेको छ जिकिर गर्दै हाल अध्यक्षको विकल्प तयार नभएकोले आउँदो कार्यकाल पनि केपी ओलीकै नेतृत्वमा नेकपा एमाले अघि बढ्नुपर्ने प्रस्ताव गरे।
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया