बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदमुक्त गरेपछि उनी आज निर्वाच आयोगमा जाँदै छन्।
कारबाहीविरुद्ध उजुरी दिन आइतबार बिहान ११ बजे निर्वाच आयोग जान लागेका हुन्।
लिङ्देनले उनलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट अलग गरेका थिए।
यसअघि लिङ्देनले असार २५ गते अनुशासन समितिको अध्यक्षबाट नवराज सुवेदी र प्रवक्ताबाट सगुनसुन्दर लावतीलाई पनि पदमुक्त गरेका थिए।
गिरिसहित अर्का उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्रीहरू डा. धवलसमशेर राणा र कुन्ती शाहीले संयुक्त विज्ञप्ति निकालेर पार्टी अध्यक्ष लिङ्देनको निर्णयप्रति असन्तुष्टी व्यक्त गरेका थिए।
त्यसअघि राप्रपा अध्यक्ष लिङ्देनले नवराज सुवेदीलाई अनुशासन समितिको संयोजकबाट हटाएपछि राप्रपा पदाधिकारीहरूभित्रै विवाद चुलिएको छ।
लिङ्देनको उक्त निर्णयले पार्टीमा अपूरणीय क्षति पुगेको भन्दै विज्ञप्ति जारी गर्ने चारमध्ये एक पदाधिकारी गिरीलाई लिङ्देनले पार्टीबाटै निकालेका हुन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया