बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओली भदौ ३१ गते भारत भ्रमणमा जाने भएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट समकक्षी ओलीलाई दुई दिने भ्रमणका लागि निमन्त्रणा पठाएका हुन्।
प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार उनको भारत भ्रमण सम्भवतः हालसम्मकै छोटो हुनेछ। भदौ ३१ गते दिल्ली जाने प्रधानमन्त्रीको भ्रमण टोली भोलिपल्टै असोज १ गते नेपाल फर्किने छन्।
प्रधानमन्त्रीको छोटो भारत भ्रमण औपचारिकतामा मात्रै सीमित हुनेछ। ठूला एजेन्डामा छलफल हुने सम्भावना कम छ।
यसअघि गत चैतान बिमस्टेक बैठकका क्रममा थाइल्यान्ड गएका ओलीसँग बैंककमा ओली-मोदी एक्लाएक्लै भेटवार्ता भएको थियो। स्रोतका अनुसार नेपालको चुच्चे नक्सामा मोदीले असन्तुष्टि पोखेका थिए।
ओलीको भारत भ्रमणमा नेपाल-भारत सीमा विवाद, चुच्चे नक्सा लगायत विषयले प्राथमिकता पाउने सम्भावना ज्यादा छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया