बिएल संवाददाता
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमालेमा फर्किएको घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको वार्ता सुरु भएको छ।
पार्टी मुख्यालय च्यासलमा दुई नेताबीच वान टु वान वार्ता जारी छ। दिउँसो ३ बजेबाट सुरु हुने भनिएको वार्ता प्रधानमन्त्री ओलीको कार्यव्यस्तताका कारण केही घण्टा ढिला गरी सुरु भएको हो।
दुई वर्षअघि नै नविकरण गराएको संगठित सदस्यता केपी ओली र उनीनिकट नेताहरूले भाँजो हालेपछि भण्डारी आफैं सक्रिय बनेकी हुन्।
बालुवाटार स्रोतका अनुसार एमाले अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीसँग बालुवाटारमा भेटवार्ता गर्ने प्रस्ताव राखेका थिए। तर, विद्याले आफू एमाले राजनीतिमा पूर्ण रुपमा फर्किएको संकेत गर्नलाई वार्ताका लागि पार्टी कार्यालय नै रोजेकी थिइन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया