बिएल संवाददाता
एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्या भण्डारीबीच डेढ घण्टा ‘वान टु वान’ वार्ता भएको छ।
एमालेबाट सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी भण्डारी र ओलीबीच मनमुटाव चर्किएको चर्चाका बीच दुई नेताबीच पार्टी कार्यालय च्यासलमा भेटवार्ता भएको हो।
भेटवार्तापछि दुवै नेताहरू प्रशन्न मुद्रामा बाहिर निस्किएका थिए। पार्टी कार्यालय परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै भण्डारीले समसामयिक राजनीतिक विषय र पार्टी राजनीतिबारे कुराकानी भएको बताइन्।
भण्डारीले सदस्यता नविकरण पुरानो विषय भएकाले आजको वार्तामा छलफल नभएको बताइन्।
उनले भनिन्, ‘पार्टी सदस्यताको विषय पुरानो हो। नवीकरण पनि भइसक्यो। तर आज यसबारेमा कुराकानी भएन।’
पार्टी कार्यालयमै रहेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि महासचिव शंकर पोखरेलले भण्डारीको पार्टी सदस्यता नविककरण भइसकेको भनेकाले थप भनिरहनु नपर्ने बताए।
उपाध्यक्ष सुरेन्द्र पाण्डे र पोलिटब्यूरो सदस्य कर्ण थापाले पनि भण्डारीको पार्टी सदस्यता नविकरण भइसकेको जानकारी दिए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया