बिएल संवाददाता
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले केही समयअघि नवनिर्मित धरहरालाई ‘सेतो टावर’को उपनाम दिए।
०७२ सालको भूकम्पले पुरानो धरहरा भत्काएपछि सरकारले सोही नजिक व्यापारिक प्रयोजनका लागि धरहराकै स्वरुपमा पार्कसहितको नयाँ टावर निर्माण गरेको थियो।
बालेनले सेतो टावर भनेको धरहरालाई उनका समर्थकले गुगल म्यापमा पनि ’सेतो टावर’ राखिदिए। आज बिहानैदेखि सेतो टावरको चर्चा भइरहँदा अहिले भने सेतो टावरलाई गुगल म्यापले ‘झोले टावर धरहरा’ देखाउन थालेको छ।
प्रविधिका जानकारहरूका अनुसार गुगलले म्याप इडिट गर्न र नयाँ नाम राख्न सबैलाई एक्सेस दिने गरेकोले जो कोहीले पनि नाम परिवर्तन गर्न सक्छन्। त्यसैले कसैले धरहरालाई सेतो टावरबाट झोले टावर बनाइदिएको हुनसक्छ।
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया