बिएल संवाददाता
बलात्कार आरोपमा मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) पक्राउ परेका छन्।
अहिराजलाई आइतबार काठमाडौंबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनायो। उनीविरुद्ध गत चैत २५ मा अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।
उनीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान थालेको छ।
२३ वर्षीया युवतीले उनकै निवासमा गएर अहिराजले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी थिइन्।
प्रहरीले यसअघि पीडित युवतीविरुद्ध नै आपराधिक लाभसम्बन्धी कसुरमा प्रहरीमा जाहेरी दिएका थिए। सो मुद्दामा पीडित युवती हाजिरी जमानीमा रिहा भएकी थिइन्।
राजेश अहिराज ०७७ फागुन ७ मा मधेशको प्रदेश प्रमुख नियुक्त भएका थिए।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया