बिएल संवाददाता
बलात्कार आरोपमा मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) पक्राउ परेका छन्।
अहिराजलाई आइतबार काठमाडौंबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनायो। उनीविरुद्ध गत चैत २५ मा अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।
उनीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान थालेको छ।
२३ वर्षीया युवतीले उनकै निवासमा गएर अहिराजले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी थिइन्।
प्रहरीले यसअघि पीडित युवतीविरुद्ध नै आपराधिक लाभसम्बन्धी कसुरमा प्रहरीमा जाहेरी दिएका थिए। सो मुद्दामा पीडित युवती हाजिरी जमानीमा रिहा भएकी थिइन्।
राजेश अहिराज ०७७ फागुन ७ मा मधेशको प्रदेश प्रमुख नियुक्त भएका थिए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया