बिएल संवाददाता
७८ लाख घुसकाण्डको अडियो बाहिरिएपछि राजीनमा दिएका पूर्वमन्त्री राजकुमार गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएको छ।
घुस लेनदेन गरेको अडियोसहित उजुरी परेपछि गुप्तालाई अख्तियारले ‘भ्वाइस टेस्ट’का लागि मंगलबार हाजिर हुन भनेको हो।
घुस लेनदेन गरेको अडियोसहित परेको उजुरी परेपछि अख्तियारले छानबिन थालेको थियो। घुसको अडियो प्रकरण छानबिनका लागि अख्तियारले ‘भ्वाइस टेस्ट’ गर्न गुप्तालाई मंगलबार हाजिर हुन भनेको हो ।
गुप्ताले मंगलबार अख्तियारमा उपस्थित हुने जानकारी गराएको अख्तियार स्रोतले बतायो।
पूर्वमन्त्री गुप्ताले उक्त अडियो आफ्नो नभएको र एआईद्वारा बनाइएको दाबी गर्दै आएका छन्। यद्यपि प्रारम्भिक अनुसन्धानमा उक्त अडियो गुप्ताकै भएको खुलेको अख्तियार स्रोतले बताएको छ।
मालपोत कार्यालय पोखराका प्रमुखको सरुवा थमौती र भूमि आयोग कास्कीमा अध्यक्ष नियुक्तिका लागि बिचौलियासँग घुस लिएको अडियो रेकर्ड सार्वजनिक भएपछि गुप्ताले मन्त्री पद गुमाएका थिए। तर, उनले
घुस लेनदेन अस्वीकार गर्दै आएका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया