
बिएल संवाददाता
७८ लाख घुसकाण्डको अडियो बाहिरिएपछि राजीनमा दिएका पूर्वमन्त्री राजकुमार गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएको छ।
घुस लेनदेन गरेको अडियोसहित उजुरी परेपछि गुप्तालाई अख्तियारले ‘भ्वाइस टेस्ट’का लागि मंगलबार हाजिर हुन भनेको हो।
घुस लेनदेन गरेको अडियोसहित परेको उजुरी परेपछि अख्तियारले छानबिन थालेको थियो। घुसको अडियो प्रकरण छानबिनका लागि अख्तियारले ‘भ्वाइस टेस्ट’ गर्न गुप्तालाई मंगलबार हाजिर हुन भनेको हो ।
गुप्ताले मंगलबार अख्तियारमा उपस्थित हुने जानकारी गराएको अख्तियार स्रोतले बतायो।
पूर्वमन्त्री गुप्ताले उक्त अडियो आफ्नो नभएको र एआईद्वारा बनाइएको दाबी गर्दै आएका छन्। यद्यपि प्रारम्भिक अनुसन्धानमा उक्त अडियो गुप्ताकै भएको खुलेको अख्तियार स्रोतले बताएको छ।
मालपोत कार्यालय पोखराका प्रमुखको सरुवा थमौती र भूमि आयोग कास्कीमा अध्यक्ष नियुक्तिका लागि बिचौलियासँग घुस लिएको अडियो रेकर्ड सार्वजनिक भएपछि गुप्ताले मन्त्री पद गुमाएका थिए। तर, उनले
घुस लेनदेन अस्वीकार गर्दै आएका छन्।
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया