बिएल संवाददाता
उपप्रधानमन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा नेपाली कांग्रेस संस्थापन पक्षका ७ नेताहरू भेला भएका छन्।
कांग्रेस-एमाले गठबन्धनमा खटपट भइरहेको चर्चाका बीच कांग्रेस नेताहरू मन्त्री सिंह निवासमा भेला भएका हुन्। बैठकले गठबन्धनको भावना अनुसार सरकारले जनताको पक्षमा काम गर्नुपर्ने निष्कर्ष निकालेको नेता कृष्णप्रसाद सिटौलाले बताए।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता सिटौलाले भने, ‘हाम्रो मान्यता के छ भने सरकारले प्रभावकारी ढङ्गले जनताको हितमा काम गर्न सक्नुपर्छ। कांग्रेसका तर्फबाट सरकारमा नेतृत्व गर्ने प्रकाशमान सिंहजीलाई हामीले भनेका छौँ, उहाँले प्रधानमन्त्रीसमक्ष कुरा गर्नुहुन्छ।’
त्यस्तै नेताहरूबीच संविधान संशोधन र गठबन्धनलाई बलियो बनाउने विषयमा छलफल भएको उनले बताए।
‘सरकारले गठबन्धनको भावनालाई कायम राख्नुपर्छ, यो गठबन्धन ०८४ को निर्वाचनसम्मै जान्छ। जाने गरी विश्वासको आधारमा काम गर्नुपर्छ।’
सोमबारको छलफलबारे पार्टी सभापति देउवालाई भोलि नै जानकारी गराउने उनले बताए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया