बिएल संवाददाता
भारतका उपराष्ट्रपति जगदीप धनखडले पदबाट राजीनामा दिएका छन्। सोमबार साँझ अचानक उनले राष्ट्रपति द्रौपदी मुर्मूलाई राजीनामा पत्र पठाएका हुन्। उनले यसको कारण व्यक्तिगत आफ्नो स्वास्थ्यलाई देखाएका छन्।
सन् २०२२ मा पद सम्हालेका उनको कार्यकाल आगामी २०२७ मा पूरा हुने थियो। सरकारले किसानहरूका बारेका लिएका कतिपय नीतिहरूको सार्वजनिकरुपमै चर्को आलोचना गर्दै आएका उपराष्ट्रपति धनखडकाव यो राजीनामाबारे अहिले भारतीय राजनीतिमा अनेकखाले चर्चाहरू चल्न थालेका छन्।
सन् १९५१ मा राजस्थानमा जन्मिएका धनखड १९७९ मा राजस्थानबाट वकालत सुरु गरेका थिए। त्यसपछि उनी राजस्थाना उच्च अदालतमा बरिष्ठ अधिवक्ता भएका थिए। त्यसपछि उनी सर्वोच्च अदालतसम्मै पुगे।
सन् १९८९मा उनले राजस्थानकै झुन्झुनूबाट चुनाव लडेका थिए। जनता दलबाट टिकट पाएका उनलाई त्यो बेलै भारतीय जनता पार्टीले समर्थन गरेका थिए। त्यो चुनाव जितेर उनी केन्द्रीय राज्यमन्त्री पनि भएका थिए। त्यसपछि जनता दल विभाजित भयो र उनी भारतीय कंग्रेसमा प्रवेश गरे। कंग्रेसबाट चुनाव लडेका उनी त्यो बेला पराजित भए।
त्यसपछि उनी सन् २००३मा बिजेपीमा प्रवेश गरेका थिए।
भारतीय संसदको मनसुन सत्र सुरु भएकै दिन उनले राजीनामा दिएका हुन्।
भारतीय संसदीय व्यवस्थामा उपराष्ट्रपति नै उपल्लाे सदन अर्थात् राज्यसभाकाे अध्यक्ष हुन्छन्। उनले राजीनामा दिनुअघि साेमबार दिउँसाे राज्यसभाकाे बैठक बसेकाे थियाे। तर विपक्षीहरूसँगकाे बहसपछि बैठक स्थगित भएकाे थियाे। राज्यसभामा विपक्षीहरूलाई सम्बाेधन नगरेकाे तथा सत्ता र विपक्षीबीच विभेद गरेकाे आराेप पनि धनखडमाथि थियाे।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया