
बिएल संवाददाता
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले एमालेले कांग्रेसको मुटुमा आक्रमण गरिरहँदा पनि नेताहरू बोल्न नसकेकोमा दुःख लागेको बताएका छन्।
मंगलबार काठमाडौंमा बीपी स्मृति सामुदायिक सहकारी अस्पतालले आयोजना गरेको बीपी विचार विषयक विचार गोष्ठिलाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन्।
निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’मा एमालेले कांग्रेसको ‘कोर भ्यालु’माथि आक्रमण गरेको आरोप लगाउँदै उनले त्यस विषयमा कांग्रेस नेतृत्व बोल्न नसकेको बताएका हुन्।
उनले भने, ‘कांग्रेसको कोर भ्यालुमा एमालेले आक्रमण गर्दा हामी बोलिरहेका छैनौँ। हामी बोल्यौँ कुलिङ अफ पिरियडमा? अहिले पनि हामीहरूले भन्न सक्नुपर्छ, सभापतिले प्रधानमन्त्रीलाई राखेर भन्न सक्नुपर्छ- यो स्वीकार्य हुन्न, फटाफट गर्नुस् भन्नुपर्छ। गल्ती हामीबाट पनि भएको छ। राज्य व्यवस्थाको पनि गल्ती छ सभापतिले किन हेरेन? तर सच्याउने नाममा अहिले राष्ट्रिय सभामा एमालेका सांसदले कांग्रेसको कोर भ्यालुजमा अट्याक गरेको हो कि होइन? यो हामीले बुझ्न जरुरी छ।’
कोइरालाले देउवाले ‘टेक एण्ड पे’मा अडान लिए जस्तै ‘कुलिङ अफ पिरियड’का विषयमा पनि अडान लिन आवश्यक रहेको बताए।
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया