बिएल संवाददाता
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले एमालेले कांग्रेसको मुटुमा आक्रमण गरिरहँदा पनि नेताहरू बोल्न नसकेकोमा दुःख लागेको बताएका छन्।
मंगलबार काठमाडौंमा बीपी स्मृति सामुदायिक सहकारी अस्पतालले आयोजना गरेको बीपी विचार विषयक विचार गोष्ठिलाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन्।
निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’मा एमालेले कांग्रेसको ‘कोर भ्यालु’माथि आक्रमण गरेको आरोप लगाउँदै उनले त्यस विषयमा कांग्रेस नेतृत्व बोल्न नसकेको बताएका हुन्।
उनले भने, ‘कांग्रेसको कोर भ्यालुमा एमालेले आक्रमण गर्दा हामी बोलिरहेका छैनौँ। हामी बोल्यौँ कुलिङ अफ पिरियडमा? अहिले पनि हामीहरूले भन्न सक्नुपर्छ, सभापतिले प्रधानमन्त्रीलाई राखेर भन्न सक्नुपर्छ- यो स्वीकार्य हुन्न, फटाफट गर्नुस् भन्नुपर्छ। गल्ती हामीबाट पनि भएको छ। राज्य व्यवस्थाको पनि गल्ती छ सभापतिले किन हेरेन? तर सच्याउने नाममा अहिले राष्ट्रिय सभामा एमालेका सांसदले कांग्रेसको कोर भ्यालुजमा अट्याक गरेको हो कि होइन? यो हामीले बुझ्न जरुरी छ।’
कोइरालाले देउवाले ‘टेक एण्ड पे’मा अडान लिए जस्तै ‘कुलिङ अफ पिरियड’का विषयमा पनि अडान लिन आवश्यक रहेको बताए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया