बिएल संवाददाता
पुष्पलाल-मध्यपहाडी लोकमार्ग अन्तर्गत रामेछापको सुनापति गाउँपालिका-४ बेथानको च्याँडी पाखामा निर्माणाधीन सडक धसिएको छ।
च्याँडीको अक्कर भीरमा पिच गरिएको झण्डै ३० मिटर सडक भासिएको स्थानीयले बताएका छन्। सो सडकमा कालोपत्रेको काम सकिने बित्तिकै माथिबाट आएको पहिरोले सडकमा क्षति पुगेको हो।
निर्माण कम्पनीले धसिएको ठाउँमा सडक पुर्न माटोले छोपेको स्थानीयको गुनासो छ। धसिएको सडक पुनः मर्मत गर्नुपर्ने माग स्थानीयवासीको छ।
पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय सित्खाका सूचना अधिकारी हर्कबहादुर प्रधानले पनि सडकमा केही क्षति पुगेको स्वीकार गरे।
क्षतिको निरीक्षणका लागि प्राविधिक टोली पठाउँदा माथिबाट आएको पहिरो सहितको बाढीले सडकलाई क्षति पुर्याएको निष्कर्ष आएकाले पानी कटाएपछि समस्या समाधान हुने उनले बताए।
‘माथिबाट पानी आएर सडकको केही भाग धसिएको रहेछ, पानी कटाएपछि ठिक हुन्छ। प्राविधिक हिसाबले पनि के हुन्छ हामी हरेर काम गर्छौं,’ उनले भने।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया