बिएल संवाददाता
एमालेबाट सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीमा आफूनिकट नेताहरूलाई आतंकित पार्ने काम भइरहेकोप्रति असन्तुष्टि पोखेकी छन्।
भण्डारी सक्रिय राजनीतिमा फर्किएकोबारे एमाले केन्द्रीय कमिटी बैठकमा चर्को बहस भइरहेका बेला भण्डारीले मंगलबार आफ्नै निवास भंगालमा पत्रकारहरूलाई बोलाएर धारणा सार्वजनिक गरिन्।
उनले आफू राजनीतिमा सक्रिय भइसकेकाले पछि हट्ने कुनै सम्भावना नरहेको स्पष्ट पारिन्।
‘म राजनीतिमा फर्किसकेँ अब ब्याक हुने सम्भावना छैन, माझ किराँतकी छोरी हुँ, खुट्टा कमाउँदिनँ,’ भण्डारीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।
त्यस्तै उनले आफूनिकट नेताहरूलाई अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेल लगायतले आतंकित पार्ने काम गरिरहेको भन्दै धम्की नदिन आग्रह गरिन्। र आफूपक्षीय नेताहरूलाई हौसला दिइन्।
भण्डारीले भनिन्, ‘दल चाहिँ अनैतिकहरूको अखडा होइन। उच्च नैतिकवान मान्छेहरू आए पार्टी पनि नैतिकवान हुन्छ। अहिले जसरी नेता कार्यकर्तालाई धम्की, त्रास दिने, आतंकित गर्ने काम भइरहेको छ यो राम्रो होइन।’
महाधिवेशन नै नआउँदै नेतृत्वको बहस गराएर कार्यकर्ताको मनसाय बुझ्ने र कारबाहीको डण्डा चलाउने नियतले ओलीपक्षले अनावश्यक बखडा झिकेको उनको भनाइ थियो।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया