बिएल संवाददाता
फेरि एमालेको राजनीतिमा सक्रिय हुने पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको चाहनामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले ब्रेक लगाइदिएका छन्।
मंगलबार राति अबेर सकिएको नेकपा एमालेको केन्द्रीय कमिटीको नवौं पूर्ण बैठकले भण्डारीलाई सक्रिय राजनीतिमा फर्किन नदिने निर्णय गरेको हो। योसँगै भण्डारीको एमाले यात्रा अब टुङ्गिएको छ।
नेकपा एमालेबाटै दुई कार्यकाल राष्ट्रपति भएकी भण्डारीले फेरि राजनीतिमा सक्रिय हुने घोषणा गरेकी थिइन्। उनको यो घोषणापछि एमाले नेताहरू नै आपसमा विभाजित थिए।
भण्डारीलाई एमालेमा फर्किन दिने र नदिने भन्नेहरू बीचको त्यो विभाजन रेखा मंगलबार सचिवालयको बैठकमा प्रस्टै कोरियो।
यद्यपि यसअघि नै भण्डारीको पक्षमा खुलेर बोलेका नेताहरू मंगलबारको बैठकमा भने अध्यक्ष ओलीका सामु बोलेनन्।
ओलीले भण्डारीलाई राजनीतिमा फर्किन नदिने निर्णायार्थ प्रस्ताव सुनाउँदै गर्दा एमाले नेताहरू सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र कर्ण थापालगायतका नेताहरूले असहमति जनाएका छन्।
थापाले लेखेको नोटअफ डिसेन्टलाई अस्विकार गर्दै ओलीले उनलाई बैठकमै हप्काएका थिए।
बैठकमा अध्यक्ष ओलीले पार्टीको धारा ८ र ९ देखाउँदै भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने र राजनीतिमा फर्कन नदिने निर्णय सुनाएका हुन्।
‘पूर्व राष्ट्रपति राजनीतिमा आउनुहुन्न। आउन पनि मिल्दैन। हामीले त्यो पदलाई सम्मान गर्छौं’ बैठक समापन गर्दै ओलीले भनेका थिए।
यो बैठकले विधान अधिवेशनमार्फत ओलीलाई नै आगामी महाधिवेशनबाट फेरि अध्यक्ष हुने बाटो पनि सजिलो पारिदिएको छ। ७० वर्षको उमेर हद र दुई वर्षमात्रै कार्यकालको व्यवस्था हटाइएको संशोधित विधान मस्यौदा पनि सचिवालय बैठकले पारित गरेको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया