बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार हुन पनि दिन्नँ’ भन्ने राष्ट्रिय संकल्पप्रति दृढ र प्रतिबद्ध रहेको बताएका छन्।
बुधबार प्रतिनिधि सभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा बोल्दै ओलीले तीनै तहका सरकारमा रहेका सार्वजनिक व्यक्तिहरू कानूनी दायराभन्दा बाहिर नरहेको र कहीँ कतै आर्थिक विचलन देखिए कारबाही हुने चेतावनी दिए।
उनले गम्भीर प्रश्न उठेका बखत कारबाही गरिने स्पष्ट पार्दै कसैले हल्ला चलाउँदैमा, फेसबुकमा स्ट्याटस लेख्दैमा कारबाही नहुने जिकिर गरे।
उनले भने, ‘भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार हुन पनि दिन्नँ भन्ने राष्ट्रिय संकल्पप्रति हामी दृढ र प्रतिबद्ध छौं। यद्यपि केही मानिसहरू फेसन गर्छन्। प्रधानमन्त्रीलाई लाञ्छना नलगाइन नहुने त्यता मानिसहरूले कहिले पशुपतिमा सुन भनेर पित्तल चढायो भनेर हल्ला गर्छन्। अहिले पनि छानबिन होस् भनेर कराउँछन्। त्यस्ता मानिसहरू तर्फ धेरै जान्न।’
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया