बिएल संवाददाता
नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा जनताले आशा गरे अनुसारको विकास हुन नसकेको बताएका छन्।
बिहीबार ग्लोबल युथ पार्लामेण्टले आयोजना गरेको १६५ युवा सांसदको घोषणा तथा सपथ ग्रहण समारोहमा सम्बोधन गर्दै उनले नेपालमा धेरै राजनीतिक, सामाजिक परिवर्तनहरू भएपनि जनताले आशा गरे अनुसारको विकास नभएको कुरा वास्तविकता भएको बताए।
उनले भने, ‘नेपालमा केही हुदैन केही हुन सक्दैन भन्ने एक किसिमको भाष्य विकास भएको छ, त्यसलाई बदल्नुपर्छ। अब यहीं गर्न सकिन्छ, हामीले गर्नुपर्छ हाम्रो पुस्ताले गर्नुपर्छ भन्ने भाष्य विकास गर्नुपर्छ।’
यस्तै, उनले राजनीतिक नेतृत्व र विकास नेतृत्व फरक विषय भएको भन्दै नेपालका नेतृत्वहरूले यस विषयमा त्यति ध्यान दिन नसकेको बताए।
उनले भने, ‘राजनीतिक नेतृत्वसँगै विकास नेतृत्व अलि फरक विषय हो। यसलाई हाम्रा नेतृत्वहरूले त्यति ध्यान दिन सकेन की भन्ने जस्तो लाग्छ। राजनीतिक नेतृत्वसँगै विकासको नेतृत्व र व्यवस्थापनको पनि ज्ञान हुनुपर्छ। राजनीतिक गर्न हाम्रा नेताहरू एकदमै जान्ने हुनुहुन्छ, सफल हुनुहुन्छ, उहाँहरूले धेरै काम पनि गर्नु भएको छ, नगरेको भन्ने होईन। क्षमता छ। त्यो हिसाबमा काम भएको पनि छ। तर देश र जनताले आशा गरेको अनुसार नेपालको विकास हुन सकेन। अबको पुस्ताले अगाडि बढेर नेपाललाई समृद्ध बनाउनुपर्छ भन्ने आजको युवाहरूको आवाज हो।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया