बिएल संवाददाता
कांग्रेस महामन्त्री गगन थापाले सामाजिक सञ्जालको उपयोग र दुरुपयोगबारे चेतना जगाउन बृहत कार्यक्रम आवश्यक रहेको बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित ‘सामाजिक सञ्जालको उपयोग/दुरुपयोग’ विषयक गोष्ठी तथा सम्मान कार्यक्रममा बोल्दै उनले सामाजिक सञ्जाल अब जीवनको अभिन्न हिस्सा बनिसकेको उल्लेख गरेका हुन्।
महामन्त्री थापाले भने, ‘आजको दिनमा कोही पनि सामाजिक सञ्जालबाट अलग हुन सक्दैन। यो अब जीवनको एउटा अभिन्न हिस्सा (पार्ट अफ लाइफ) बनिसकेको छ।’
उनले सामाजिक सञ्जालको सचेत प्रयोगका लागि युवाहरूमाझ चेतनामूलक कार्यक्रम गर्न अत्यन्त आवश्यक रहेको बताए। थापाका अनुसार नेपालको सबैभन्दा ठूलो शक्ति जनसंख्या हो, तर त्यो स्थायी शक्ति होइन।
उनले भने, ‘जनसंख्याको तागत अस्थायी हुन्छ। त्यसको तुरुन्तै लाभ लिन सक्नुपर्छ।’
विशेषगरी २४ वर्षभन्दा मुनिका किशोर-किशोरी र युवावर्गमा सामाजिक सञ्जालको सकारात्मक प्रयोग कसरी गर्ने भन्ने कुरामै देशको भविष्य निर्भर हुने उनले प्रस्ट पारे।
थापाले युवापुस्तालाई डिजिटल जिम्मेवारी बोध गराउन आवश्यकता औंल्याउँदै भने, ‘हामीले यो पुस्तालाई डिजिटल रेस्पोन्सिबल र डिजिटल सिटीजन कसरी बनाउने भन्नेमा ध्यान दिनु आवश्यक छ।’
उनले शिक्षा प्रणालीसहित विभिन्न नीतिगत सुधारमा फिनल्यान्ड जस्ता देशहरूबाट सिक्न सकिने धारणा पनि राखे।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया