बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओली मधेसका जिल्ला भ्रमणमा निस्किने भएका छन्। आज उनी महोत्तरी तथा बारा जानेछन्।
खासगरी तराई-मधेसका जिल्लाहरूमा अहिले वर्षा भइरहेको छैन। जसका कारण त्यहाँ सुख्खा लागेको छ।
‘दिनरात नै लगातार कामको चापका कारण थकित थिएँ ।हिजो बाहिरका कुनै कार्यक्रममा सहभागी भइनँ। आज महोत्तरी र बारा जाँदै छु। तराई मधेशमा लागेको सुख्खाले साउनको पहिलो सातासम्म पनि धान रोपाइँ हुन सकेको छैन’ प्रधानमन्त्रीले भनेका छन् ‘त्यहाँको वस्तुस्थिति हेरौँ र स्थानीय किसानहरूका कुरा पनि सुनौं भन्ने लागेको छ। आज बारा र महोत्तरीका दिदीबहिनी दाजुभाइहरूसँग भेट हुनेछ।’
यसअघि साउन ७ गते बसेको मन्त्रि बैठकले ‘मधेश प्रदेशलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। त्यसअघि नै मधेस सरकारले त्यहाँका ८ जिल्लाहरूलाई सुख्खाग्रस्त घोषणा गरिसकेको छ।
वर्खाको समयमा पनि पर्याप्त वर्षा नहुँदा मधेस प्रदेशमा पानीको हाहाकार भएको छ। पानीको अभावमा साउन लागिसक्दा पनि किसानहरूले धान रोपाइ गर्न सकेका छैनन्। रोपिएका धान खेतमा पनि धाँजा फाट्न थालेको छ। मधेसका सबैजसो जिल्लाहरूमा रहेका कुँवा, इनार, डिपबोरिङ तथा चापाकलहरूसमेत सुक्न थालेपछि नेपाली सेनाको सहयोगमा मधेस सरकारले दमकलबाट पानी वितरण गरिरहेको छ।
संघ सरकारले मधेसमा पानीको समस्या अनुसन्धानका लागि विज्ञहरूको टोली पनि पठाएको छ। टोलीले काम सुरु गरिसकेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संसदमा सम्बोधन गर्ने क्रममा पनि तराई-मधेसमा खानेपानी र सिँचाइको अभाव हुन नदिन युद्धस्तरमा काम गरिने प्रतिवद्धता गरेका थिए।
मधेसमा खानेपानी र सिँचाइका लागि गर्नुपर्ने काममा सरकारले कुनै कुसर बाँकी नराख्ने उनको भनाइ थियो।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया