बिएल संवाददाता
सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीबाट परेका दुवै दाबी अस्वीकृत भएकाे छ।
मंगलबार प्रदेश प्रमुख नजिर मियाले दुवै जनाको दाबी निष्कर्षमा पुग्न नसकिएकाे भन्दै अस्वीकृत गरेका हुन्।
प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति गर्नका लागि स्पष्ट दाबीसहित दुई दिनभित्र दाबी पेस गर्न आह्वान गरेका छन्।
यसअघि नाउपाबाट रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरी र नाउपाकै रञ्जिता चौधरी पक्षका कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। दुवै दाबीलाई अस्वीकार गर्दै दोस्रोपटक मुख्यमन्त्रीमा दाबी आह्वान गरिएकाे हाे।
प्रदेश प्रमुख मियाले वैशाख ६ गते बेलुकी ५ बजेसम्म संविधानको धारा १६८ (२) अनुसार नै मुख्यमन्त्रीको दाबी आह्वान गरेका छन्।
यसअघि प्रदेश प्रमुख मियाँले वैशाख २ गते बेलुकी ५ बजेसम्म मुख्यमन्त्रीको दाबी पेस गर्ने समय दिएका थिए। सो समयमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर र कैलाशले छुट्टा छुट्टै दाबी पेस गरेका थिए। तर लक्ष्मणकिशोरलाई समर्थन गरेको नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि प्रदेश प्रमुखले फेरि सरकारमा दाबी गर्न आह्वान गरेका हुन्।

निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया