बिएल संवाददाता
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई राजनीतिमा आउन कुनै पनि संविधानले छेक्न नसक्ने बताएकी छिन्। आज पत्रकार सम्मेलन गर्दै भण्डारीले आफूलाई पार्टी सदस्य र राजनीतिमा आउन नदिने नेकपा एमालेको निर्णयलाई अपरिपक्व भन्दै आफू दुखी भएको बताएकी छिन्।
पार्टी कार्यकर्ता भएरै देशको राष्ट्रपति भएको भन्दै फेरि पनि फर्किएर राजनीतिमार्फत देश र जनताको सेवा गर्ने अधिकार संविधानले नै सुनिश्चित गरेको पनि उनले बताइन्।
एमालेको यो निर्णयबाट आफू बिचलित नभएको भन्दै उनले एकतावद्ध हुन एमालेका कार्यकर्तालाई आग्रह पनि गरिन्।
‘जबजले अघि सारेको मर्मलाई रक्षा गर्ने संकल्प गर्दछु। आफ्नो निर्णयबाट म विचलित हुने छैन। त्यसैले म सम्पूर्ण पार्टी पंक्त्तिलाई यसका मूल्य मान्यता र आदर्शमा प्रतिवद्ध हुन आह्वान गर्दछु’ उनले भनिन्।
नेकपा एमालेले उनको सदस्यता नविकरण नगरेर राजनीतिमा आउन नदिएपछि यो उनको पहिलो पत्रकार सम्मेलन हो।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया