बिएल संवाददाता
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले काठमाडौंमा बस्ने ८० देखि १ लाख युवाले बिना जागिर घरबाटै महिनाको ५०-६० हजारदेखि अढाइ-तीन लाखभन्दा धेरै कमाउने गरेको दाबी गरेका छन्।
शनिबार नेकपा एमाले काठमाडौ महानगरपालिका १५ वडा कमिटीद्वारा आयोजित एसईई उत्तिर्णहरूलाई सम्मान बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले अहिलेका युवाले घरमै बसेर विदेशका विभिन्न कम्पनीबाट काम लिई ल्याप्टपबाट काम गरी पठाउँदा नेपालमा बार्षिक १ खर्ब रुपैयाँ आम्दानी भएको बताए।
उनले यस्ता कामलाई अझै बढी जोड दिए वार्षिक ८ खर्बभन्दा बढी कमाउने बताएका छन्। हिजोको दिनमा जस्तो डाक्टर इन्जिनियर नै बन्नुपर्छ भन्ने नभई नयाँ नयाँ रोजगारीको क्षेत्र आएको छ त्यसैलाई सदुपयोग गर्न सक्यो भने पैसा कमाउन सकिने उनले बताए। उनले आमा बुबाले पनि छोराछोरीको रुचि के छ भन्नु भन्दा पनि मार्गनिर्देशन दिएर अगाडी बढ्न दिनुपर्ने बताए।
उनले भने-
‘अहिले काठमाडौंमा ८० देखि १ लाख युवाले युवा जसले जागिर नखाएपनि घर बसीबसी २ढाइ-तीन लाख भन्दा धेरै कमाउने गरेका छन्। त्यसको कारण भनेको विदेशका विभिन्न कम्पनीबाट काम लिएर ल्याप्टपबाट काम गरी पठाउने गरेका छन्। यस्तो जागिरबाट नेपालमा बार्षिक १ खर्ब रुपैयाँ आइरहेको छ। यसलाई विकास गर्न सक्यो भने ८ खर्बसम्म ल्याउन सक्छौं। त्यसैले तपाईं हामीले सोचेको भन्दा नयाँ खालको काम गर्नुपर्छ। हामी हिजोको जस्तो दिनमा छैनौं। डाक्टर इन्जिनियर नै बन्न पर्छ भन्ने छैन। नयाँ नयाँ रोजगारीको क्षेत्र आएको छ त्यसलाई सदुपयोग गर्न पर्छ, अनि पैसा कमाउन सकिन्छ। आमाबुबाले पनि छोरा छोरीको रुचि के छ त्यही बन्न दिने हो मार्गनिर्देशन दिने हो यही बन्न पर्छ भनेर दबाब दिने होइन।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया