बिएल संवाददाता
सत्ता समीकरणमा मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीलाई दिने सहमति भएपनि नेकपा एमालेले दीर्घबहादुर सोडारीलाई अस्वीकार गरेपछि सुदूरपश्चिमको राजनीति फेरि तरंगित बनेको छ।
एकीकृत समाजवादी प्रदेश संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्री बनाउन अगाडि सरिसकेको छ तर एमालेले भने उनी विवादित व्यक्त भएको भन्दै उनको विकल्प खोज्न भनेपछि राजनीति फेरि तरंगित बनेको हो।
एमालेले सोडारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा विचाराधीन रहेको र मन्त्री भएका बेला पनि विवादित बनेको भन्दै उनको विकल्प खोज्न अडान लिएको बताइएको छ।
एमालेको अडानपछि एकीकृत समाजवादीका नेताहरु केन्द्रमा छलफलमा रहेको बुझिएको छ। एमालेले सोडारीबाहेक जो भएपनि आफूहरुलाई समस्या नहुने प्रस्ताव एकीकृत समाजवादीलाई दिएका छन्।
एमालेको नयाँ अडानपछि आज मुख्यमन्त्रीमा दाबी गर्न तयार गरेका सोडारी छलफलमा रहेका छन्। एकीकृत समाजवादी सुदूपश्चिमले संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय यसअघि नै गरिसकेको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया