बिएल संवाददाता
सरकारका मन्त्रीहरू हेरफेरको चर्चा चलिरहेका बेला मुख्य सत्ता साझेदार पार्टीका दुई शीर्ष नेताहरूले आज भेट्दैछन्।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच आज बालुवाटारमा भेटवार्ता हुनेछ।
नेपाली काँग्रेसभित्रै ओली नेतृत्वको सरकारको कार्यशैलीबारे आलोचना बढिरहेका बेला दुई नेताबीच भेटवार्ता हुन लागेको हो।
दुई शीर्ष नेताबीच सरकारको कामकारबाही, मन्त्रीहरूको हेरफेर तथा विधेयकहरूमा देखिएका विवादलगायतका विषयमा कुराकानी हुने बताइएको छ।
यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओली मन्त्री हेरफेर गर्ने मनसाय व्यक्त गर्दै आएका थिए। तर नेपाली काँग्रेसको आन्तरिक किचलोका कारण देउवाले त्यसलाई स्वीकार गरेका छैनन्।
यद्यपि काँग्रेसकै एक पक्षले भने पार्टीका तर्फबाट सरकारमा सहभागी नेताहरूको कार्यशैलीको निरन्तर आलोचना गर्दै आएका छन्।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया