मङ्गलबार, १३ जनवरी २०२६

ओली तुर्कमेनिस्तान गएपछि ईश्वर पोखरेललाई पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी

News Image
• • •

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिएका छन्।

प्रधानमन्त्री ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडीसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन गएराति तुर्कमेनिस्तान प्रस्थान गरेपछि पार्टी कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेलले पाएका हुन्।

एमालेको विधान २०४९ संशोधन २०७८ को धारा २१ को उपधारा २० बमोजिम वरिष्ठ उपाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।

प्रधानमन्त्री ओली साउन २३ गते स्वदेश फर्कने कार्यतालिका छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!