बिएल संवाददाता
उच्च अदालत पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको छ।
सोमबार न्यायाधीशद्वय सुदर्शनद्व भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले बैंकिङ कसुरमा प्रसाईंलाई २५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।
त्यस्तै तीनकुने घटनामा न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको अर्को इजलासले जिल्ला अदालत काठमाडौंको यसअघिको आदेश उल्टाउँदै तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।
प्रसाईंसँगै तीनकुने घटनामा पक्राउ परेका चार जनालाई पनि धरौटीमा छाेड्ने आदेश दिएको छ। तीनकुने प्रकरणमा पुर्पक्षमा कारागार चलान भएका ७ मध्ये प्रसाईंसहित ४ जनाले उच्च अदालतमा पुनरावेदन गरेका थिए। तीन जना भने पुनरावेदनमा गएका थिएनन्।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया