बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)की समानुपातिक सांसद छिरिङ ल्हामु लामाले आफूहरू सिंजाका संस्थापक राजा नागराजका सन्तान भएको दाबी गरेकी छन्।
मंगलबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै लामाले आफूहरूलाई शरणार्थी भन्ने गल्ती नगर्न चेतावनी दिएकी छन्।
उनले भनेकी छन्, ‘मेरो समुदायको दिदीबहिनीहरू भन्नुहुन्छ हामी सिंजाका संस्थापक राजा नागराजका सन्तान हौं, खबरदार हामीलाई कसैले शरणार्थी भन्ने गल्ती फेरि कसैले नदोहोर्याओस्।’
उनले माओवादी र गणतन्त्रमाथि प्रहार गर्नुअघि आफू ‘कहाँ उभिएको छु’ भनेर हेक्का राख्न पनि चेतावनी दिएकी छन्।
उनले भनेकी छन्, ‘हाम्रा युवाहरू भन्छन् हामी जस्तो सबै जनजाति समुदाय तिम्रो राजाको पालामा जसरी हेपेको सहेर बस्ने अवस्थामा छैन। गणतन्त्रका फुलहरू फक्रीसकेको छ राम्रो के हो नराम्रो के हो बुझ्ने भइसकेको छ।’
केही दिनअघि पूर्वराजाका नाती हृदयन्द्र शाहले जुम्लामा बनाएको भ्लगलाई लिएर टिप्पणी गरेपछि सांसद लामाको आलोचनासमेत भएको थियो।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया