बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)की समानुपातिक सांसद छिरिङ ल्हामु लामाले आफूहरू सिंजाका संस्थापक राजा नागराजका सन्तान भएको दाबी गरेकी छन्।
मंगलबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै लामाले आफूहरूलाई शरणार्थी भन्ने गल्ती नगर्न चेतावनी दिएकी छन्।
उनले भनेकी छन्, ‘मेरो समुदायको दिदीबहिनीहरू भन्नुहुन्छ हामी सिंजाका संस्थापक राजा नागराजका सन्तान हौं, खबरदार हामीलाई कसैले शरणार्थी भन्ने गल्ती फेरि कसैले नदोहोर्याओस्।’
उनले माओवादी र गणतन्त्रमाथि प्रहार गर्नुअघि आफू ‘कहाँ उभिएको छु’ भनेर हेक्का राख्न पनि चेतावनी दिएकी छन्।
उनले भनेकी छन्, ‘हाम्रा युवाहरू भन्छन् हामी जस्तो सबै जनजाति समुदाय तिम्रो राजाको पालामा जसरी हेपेको सहेर बस्ने अवस्थामा छैन। गणतन्त्रका फुलहरू फक्रीसकेको छ राम्रो के हो नराम्रो के हो बुझ्ने भइसकेको छ।’
केही दिनअघि पूर्वराजाका नाती हृदयन्द्र शाहले जुम्लामा बनाएको भ्लगलाई लिएर टिप्पणी गरेपछि सांसद लामाको आलोचनासमेत भएको थियो।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया