बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले रास्वपाले अदालतलाई दवाब दिन रवि लामिछानेको पक्षमा हस्ताक्षर चलाएको भन्दै आपत्ति जनाएका छन्।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै शर्माले रवि लामिछानेले विगतमा सञ्चारकर्मी हुँदा भनेका अभिव्यक्त गरेका भनाइको नक्कल गर्दै अदालतलाई दवाब नदिन चेतावनी दिए।
उनले भने, ‘कसैले अदालतको आदेशमा यसरी नै अलिकति विमती राख्दै गर्दा केरे केरे अदालतको आदेश मान्दिनँ रे, तिम्रो पिताजीको शासन हो? भन्नुहुन्थ्यो। हिजो त्यसरी बोल्ने अनि अहिले केरे केरे कसलाई दबाब दिन खोजेको? हस्ताक्षरमार्फत यो देशमा अदालतहरूमा वा कसलाई दबाब दिन खोजेको? एक अदालत होइन चार/चार अदालतले भनेको छ कहि पनि कसुर गरेको रहेनछ भन्ने देखिएन।’
उनले एउटै कसुरमा उनका सहयात्री छविलाल जोशीलाई थुनामा राख्दा रविलाई बाहिर छाड्न नमिल्ने भएकोले उनलाई पनि अदालतले थुनामा पठाएको जिकिर गरे।
उनले भने, ‘एक अदालत होइन चार/चार अदालतले भनेको छ कास्की, चितवन, रुपन्देही, काठमाडौं अदालतले कसुर नगरेको भन्न सक्ने अवस्था छैन तर, अहिले धरौटी त लिन्छौँ पछि ठहर गरेबमोजिम हुन्छ, भनेको छ। अनि उच्च अदालतले भन्छ तिमीले दोष गरेको भन्ने देखिने कुराहरू बढी छन् त्यसैले बाहिर राख्ने अवस्था छैन। तिम्रो सँगैको काम गर्ने सहयात्री चैं भित्र अनि तिमीलाई बाहिर राख्ने कुरा भएन अनि भित्र…’
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया