बिएल संवाददाता
कार्तिक १७ गते रूपन्देही-३ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ९ जनाले उम्मेद्वारीका लागि नाम टिपाएका छन्।
पार्टीले अनलाइनमार्फत इच्छुक उमेदवारको आवेदन माग गरेकोमा ९ जनाले उपनिर्वाचनका लागि चासो देखाएका हुन्।
रास्वपाले बिहीबार सार्वजनिक गरेको नामावली अनुसार शुलभ खरेल, पाथवेन्द उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनकुमारी अग्रवाल र मधुप्रसाद अर्यालले आवेदन दिएका हुन्।
आवेदन प्राप्त भएका मध्येबाट उम्मेद्वार छनौटका लागि पार्टीले भदौ १५ गते आन्तरिक निर्वाचन गर्नेछ। त्यहाँबाट रास्वपाको टिकट फाइनल हुनेछ।
आवेदन दिएकामध्ये मधु अर्याल, ज्ञानु पौडेल, कुसुम महर्जन, सुलभ खरेल र डा. लेखजंग थापा मुख्य प्रतिस्पर्धी हुन्। रास्वपा स्रोतका अनुसार आन्तरिक निर्वाचन अगावै सर्वसहमतिबाट उम्मेद्वार चयनको प्रयास गरिनेछ।
उम्मेद्वारीमा नाम दर्ता गराएका रास्वपा क्षेत्रीय सभापति अर्याल शिक्षण पेसामा छन्। तिलोत्तमाका विद्यालय सञ्चालक अर्यालले साउथ एसियन युनिभर्सिटीबाट अटिजममा पीएचडी गरेका छन्।
अर्का ज्ञानु पौडेल सहकारी अभियन्ता हुन्। डा. लेखजंग थापा न्युरोसर्जन हुन्। केन्द्रीय सदस्य महर्जन रूपन्देहीकै रास्वपा नेतृ हुन्। रास्वपाको समानुपातिक सूचीमा रहेकी उनले समानुपातिकबाट नाम फिर्ता लिएर उपनिर्वाचनको टिकट लिने दाउमा छिन् उनी।
रास्वपा प्रदेश सदस्य गुप्ता ०७९ सालको निर्वाचनका उम्मेदवार हुन्। रचना क्षेत्री पार्टीको जिल्ला कोषाध्यक्ष हुन्।
अर्का सुलभ खरेल उपनिर्वाचनकै लागि अमेरिकाबाट फर्किएका हुन्। सभापति रवि लामिछाने र उपसभापति डा. स्वर्णिम वाग्लेसँग निकट खरेलले टिकट पाउने सम्भावना रहेको रास्वपाभित्र चर्चा छ।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया