बिएल संवाददाता
एमालेमा अध्यक्ष केपी ओलीलाई चुनौती दिइरहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बानेश्वर हाइटस्थित थापा गाउँमा चार तले भवन भाडामा लिएर सम्पर्क कार्यालय खोल्न लागेकी छन्।
एमालेमा ओली समूहले प्रवेश निषेध गरेपनि सक्रिय राजनीतिमा फर्किएको दाबी गरेकी भण्डारीले राजनीतिक गतिविधिमा सहजताका लागि सम्पर्क कार्यालय खोल्न लागेकी हुन्।
उक्त घर ऐतिहासिक मानिन्छ। मदन भण्डारीले २०४८ सालमा काठमाडौंबाट चुनाव लड्दा सोही घरलाई सम्पर्क कार्यालय बनाएका थिए। निर्वाचनमा भण्डारीले तत्कालिन अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरेका थिए।

अहिले उक्त घरमा व्यवस्थापनको काम भइरहेको छ। काम सकिए लगत्तै भण्डारीले उक्त घरबाट राजनीतिक गतिविधि सुरु गर्नेछिन्।
मदन भण्डारी फाउन्डेसनको नाममा घर भाडामा लिइएपनि राजनीतिक गतिविधिलाई बढावा दिने र कार्यकर्तासँग भेटघाट बढाउने पूर्वराष्ट्रपतिको उद्देश्य छ।



अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया