बिएल संवाददाता
एमाले गुल्मी जिल्ला कमिटी सदस्य तथा मुसिकोट नगरपालिकाकी उपप्रमुख गंगा श्रेष्ठ कारबाहीमा परेकी छन्।
एमाले गुल्मी जिल्ला कमिटी पदाधिकारी बैठकले श्रेष्ठलाई एक वर्षका लागि पार्टी सदस्यबाटै निलम्बन गरेको हो।
पार्टी आचरणविपरितको कार्य गरेको आरोप लगाउँदै जिल्ला कमिटी गुल्मी अध्यक्ष बालसिंह काउछाले श्रेष्ठलाई अनुशासनको कारबाही गरिएको जानकारीसहितको पत्र पठाएका छन्।
निलम्बनपछि उनलाई पार्टी सदस्यको हैसियतमा कुनै पनि काम-कारबाही नगर्न र नगराउन भनिएको छ।
श्रेष्ठलाई पार्टीले गत असार २९ गते नै स्पष्टीकरण सोधेको थियो। दुई दिनमै लिखित जवाफ फर्काएकी उनलाई पार्टीको मुसिकोट नगर कमिटी बैठकले सचेत गराउने निर्णय गरेको थियो।
तर सचेत गराउँदा पनि उनी गम्भीर नभएपछि निलम्बनको कारबाही गर्नुपरेको एमालेले जनाएको छ।
गत स्थानीय तह निर्वाचनमा मुसिकोट नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै एमालेले जितेको थियो। पछिल्लो समय पालिकामा बजेट निर्माणमा उनले स्पष्ट असहमति जाहेर गरेकी थिइन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया