बिएल संवाददाता
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कुनै पनि संस्था गतिशिल नभए त्यसले प्रगती गर्न नसक्ने बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित गोश्वारा हुलाक कार्यालयको वार्षीक समिक्षा गोष्ठीमा उनले संस्था बगेको खोला जस्तो गतिशिल हुनुपर्ने भन्दै जमेर लेउ लागेको संस्थाले कहिले पनि प्रगती गर्न नसक्ने बताए।
उनले भने, ‘रेडियो नेपालमा गयो भने त्यहाँको कर्मचारीहरूको औसत उमेर नै ५५ देखि छ। यति धेरै वर्ष भयो कोही मान्छे जन्मेन होला? जन्मेको भए नयाँ मान्छे किन छैन् त रेडियो नेपालमा? यसो भनिरहँदा त्यहाँ नयाँ भर्ना प्रक्रिया नै भएन। थाकेका रिटाएर हुन लागेका मान्छेहरूको मात्र जमात भएको संस्थाले कसरी सजीवन प्राप्त गर्न सक्छ? संस्था भनेको बगेको खोला जस्तो हुनुपर्छ, गतिशिल भइरह्यो भने मात्र काम दिन्छ। जमेर बसेको छ भने लेउ लागेर बस्छ। लेउ लागेको संस्थाले कहिले पनि प्रगती गर्दैन।’
यस्तै, उनले सबै सरकारी स्वामित्वको निकायहरूको अवस्था एउटै भएको जिकिर गर्दै यसलाई सुधार गर्नुपर्ने बताए।
उनले भने, ‘म धेरै ठाँउमा जान्छु सबैको अवस्था त्यस्तै छ। टेलिकम्युनिकेसन अवस्था त्यस्तै छ। रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र सबैको हालत एउटै छ। गोरखापत्र त बाँडेर खाने मात्र हो। सरकारी स्वामित्वको भएको हुनाले सरकारी कामको विज्ञापनको जिम्मा उसले पाउने भएर मात्र चलेको हो। आफैं मेहेनत गरेर होइन। हुलाकको हालत यस्तै छ, राससको पनि त्यही नै हो। हुलाकको लागि तपाईंहरूले आफ्नो कुरियर सेवालाई व्यापक पार्नुहोस। यसमा धेरै सम्भावना देखेको छु।’
नयाँ परिस्थिति अनुसार नयाँ नीति आवश्यक भएको हुनाले हुलाकको लागि यो वर्ष नयाँ नीति ल्याउन लागेको पनि उनको भनाइ छ।
उनले भने, ‘कुनैपनि संस्थाको विकासको लागि पहिलो कुरा त्यसको नीतिले संस्थाको उद्देश्य, लक्ष्य, कार्यक्रमहरू निर्धारण गरेको हुनुपर्छ। नयाँ परिस्थिती अनुसार नयाँ नीति आवश्यक हुन्छ। हुलाकको अहिलेसम्म नयाँ नीति छैन, त्यसकारण यो वर्ष हुलाकको नीति ल्याउँदैछौं। नीति मात्र होइन नयाँ कानून बनाउदैँ छौं। त्यसकारण सुधारको सुरुवात नै नीतिबाट हुन्छ। पुनसंरचित संस्थाको लागि नीतिमा सुधार पहिलो कुरा हो।’
उनले सामान्य अनुसन्धानको आधारमा हुलाकको पुनसंरचना भएको हुनाले पुनसंरचित हुलाकलाई कसरी व्यवस्थापन गर्ने कुरा पहिलो काम भएको पनि बताए।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया