बिएल संवाददाता
काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भूमिहीनलाई लालपूर्जा दिलाएर इतिहास रच्न भूमि समस्या समाधान आयोगका पदाधिकारीहरूलाई निर्देशन दिएका छन्।
मंगलबार भूमि समस्या समाधान आयोगको वार्षिक गोष्ठीलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार स्थिर सरकार भएकाले ढुक्कका साथ काम गरी भूमिहीनलाई लालपूर्जा दिलाएर इतिहास रच्न आग्रह गरेका हुन्।
प्रधानमन्त्री ओलीले पूर्णता दिन बाँकी सबै जिल्लास्थित आयोगहरूलाई अबको दुई साताभित्र पूर्णता दिन पनि निर्देशन दिए।
उनले भने, ‘यो आयोग काम नगर्नका लागि वा विगतका जस्तै असफल हुनका लागि गठन गरिएको होइन। काम गर्नका लागि, परिणाम निकाल्नका लागि र लालपूर्जाविहीनलाई त्यसबाट मुक्त बनाउनका लागि गठन गरिएको हो’, प्रधानमन्त्री ओलीले थप भने, ‘भूमिहीन र अव्यवस्थित बसोवासीले जमिन पाउनुपर्छ। त्यसका लागि कामका सन्दर्भमा सरकारको कुनै सहयोग वा कानुन संशोधन आवश्यक भएमा हामी गर्छौं।’
उनले स्थिर सरकारको समयमा आयोगलाई काम गर्न कुनै द्विविधा नहुने ने भन्दै थप भने, ‘मुलुकको विशेष परिस्थितिमा दुई ठुला दलको सहकार्यमा बनेको यो गठबन्धन ढुक्कका साथ २०८४ सम्म जान्छ। हामी टालाटुली बाटुली, कति राम्री पुतली भनेजस्तो गरेर के-के भेला पारेर सरकार बनाउने पक्षमा छैनौं। यस्तो स्थिर सरकारको समयमा आयोगलाई काम गर्न कुनै द्विविधा हुँदैन र हुन दिइँदैन।’
उनले अनेक स्वार्थ समूहको प्रभावमा पर्न सकिने भएकाले त्यसबाट बचेर बदनाम नहुने गरी काम गर्न पनि आयोगको नेतृत्वलाई आग्रह गरे।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया