बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनका कर्मचारीलाई बोलाएर झाँको झारेका छन्।
उनले कर्मचारीहरूले काम नगर्दा नेता र मन्त्रीहरूले गाली खानुपरेको भन्दै आक्रोश पोखे।
रासायनिक मल आपुर्तिको जिम्मा पाएका यी दुवै कम्पनीका कर्मचारीसहित कृषिमन्त्री रामनाथ अधिकारी र उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री दामोदर भण्डारीलाई मंगलबार बोलाएर प्रधानमन्त्रीले मलको आपूर्ति व्यवस्था चुस्तदुरुस्त गराउन नयाँ ढाँचासहितको ठोस योजना ‘तीन दिनभित्र ल्याउन’ निर्देशन दिएका हुन्।
सोही क्रममा प्रधानमन्त्री ओलीले नागरिकको समस्यामा सरकार चुप लागेर बस्न नमिल्ने बताए।
उनले भने, ‘किसानले किन ’मल पाएनौं’ भनिरहेका छन? यो गुनासो तत्काल सम्बोधन होस्। ‘तपाईंहरूको संस्थाले मल आपूर्ति गर्न सकेको छैन। तर, गाली तपाईंहरूको संस्थाले खाएको छैन। तपाईंहरूको संस्था चुप लागेर बसेको छ। गाली त नेताहरू, पार्टी र मन्त्रीले खाएका छन्। मलाई धेरै कुरा भन्दा पनि मल चाहियो क्या यहाँ,’ ओलीले भने।
सोही विषयमा ओलीले बुधबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘जवाफदेही निकाय जवाफदेही हुन नसक्दा नै काम गर्नेले गाली पाउँछ र विरोध मात्रै गर्नेको वाहवाही हुन्छ। हरेक सरकारी निकायहरू आफ्नो परिभाषित काममा आफैं जवाफदेही हुनुपर्छ।’
उनले आफु प्रधानमन्त्री हुने वित्तिकै मलको आपूर्तिमा कमी नहोस् भनेर स्पष्ट निर्देशन दिएको तर त्यो अनुसार हुन नसकेको भन्दै आक्रोश पोखे।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया