बिएल संवाददाता
निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी हेरफेरलाई अद्यावधिक गरेको छ।
गत असार ७ गतेको निर्णय अनुसार रास्वपाले पदाधिकारी हेरफेर गरेको विवरण पेस गरेपछि आयोगले ६२ जना केन्द्रीय सदस्य रहेको सूचीलाई अद्यावधिक गरेको हो।
अद्यावधिक विवरणअनुसार रास्वपा सभापतिमा रवि लामिछाने छन्। उपसभापतिसहित दोस्रो बरियतामा डीपी अर्याल छन्। तेस्रो बरियतामा छन् अर्का उपसभापति स्वर्णिम वाग्ले।
त्यस्तै पार्टी महामन्त्रीमा कविन्द्र बुर्लाकोटी र प्रवक्तामा मनिष झा छन्।
यसअघि रास्वपाले तत्कालिन महामन्त्री मुकुल ढकाललाई निष्कासित गरेको विवरण आयोगले अद्यावधिक गरेको थिएन। मुकुल ढकाल आफूलाई महामन्त्रीमा बहाल गर्नुपर्ने आदेश माग्दै सर्वोच्च गएका थिए।
मंगलबार सर्वोच्चले मुकुलको रिट खारेज गरिदिएपछि उनको रास्वपा फर्किने बाटो बन्द भएको थियो। मुकुलको मुद्धा पार लाग्ने बित्तिकै आयोगले रास्वपाको विवरण अद्यावधिक गरेको हो।
यस्तो छ रास्वपाको अद्यावधिक केन्द्रीय समिति:


अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया