बिएल संवाददाता
निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी हेरफेरलाई अद्यावधिक गरेको छ।
गत असार ७ गतेको निर्णय अनुसार रास्वपाले पदाधिकारी हेरफेर गरेको विवरण पेस गरेपछि आयोगले ६२ जना केन्द्रीय सदस्य रहेको सूचीलाई अद्यावधिक गरेको हो।
अद्यावधिक विवरणअनुसार रास्वपा सभापतिमा रवि लामिछाने छन्। उपसभापतिसहित दोस्रो बरियतामा डीपी अर्याल छन्। तेस्रो बरियतामा छन् अर्का उपसभापति स्वर्णिम वाग्ले।
त्यस्तै पार्टी महामन्त्रीमा कविन्द्र बुर्लाकोटी र प्रवक्तामा मनिष झा छन्।
यसअघि रास्वपाले तत्कालिन महामन्त्री मुकुल ढकाललाई निष्कासित गरेको विवरण आयोगले अद्यावधिक गरेको थिएन। मुकुल ढकाल आफूलाई महामन्त्रीमा बहाल गर्नुपर्ने आदेश माग्दै सर्वोच्च गएका थिए।
मंगलबार सर्वोच्चले मुकुलको रिट खारेज गरिदिएपछि उनको रास्वपा फर्किने बाटो बन्द भएको थियो। मुकुलको मुद्धा पार लाग्ने बित्तिकै आयोगले रास्वपाको विवरण अद्यावधिक गरेको हो।
यस्तो छ रास्वपाको अद्यावधिक केन्द्रीय समिति:


निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया