बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्कीले गृहमन्त्री रमेश लेखकले अदालतमा समेत हस्तक्षेप गरेको गम्भीर आरोप लगाएकी छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नैतिकता जागेर राजीनामा दिए पनि गृहमन्त्रीको नैतिकता जाग्न नसकेको बताइन्।
उनले भनिन्, ‘माननीय गृहमन्त्री ज्यू पनि फेरि चर्चामा हुनुहुन्छ। नैतिकता जागेर माननीय रामहरि खतिवडाले राजीनामा दिनुभयो तर माननीय गृहमन्त्रीको नैतिकता जगाउन उहाँको आफ्नै मानकले पनि सकेन।’
उनले गृहमन्त्रीकै कार्यकक्षमा रवि लामिछानेविरुद्ध उजुरी लेखिएको दाबी समेत गरिन्। उनले रमेश लेखकको अदालतमा हस्तक्षेपको इतिहास बारे पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले स्पष्ट पारिसकेको उल्लेख गरिन्।
उनले भनिन्, ‘मानव तस्करीको कुरा मात्र होइन न्यायालयमा उहाँको हस्तक्षेप बारे पनि पूर्वन्यायाधीश सुशीला कार्कीको स्पष्ट अभिव्यक्ति सार्वजनिक भइनै सकेको छ। गत सोमबार रुपन्देही जिल्ला अदालतमा रवि लामिछानेको निवेदनको पेसी चढेको दिन गृहमन्त्रीकै कार्यकक्षमा उजुरी तयार पारिएको र त्यसको प्रतिलिपि उहाँकै सचिवालयबाट सबैतिर पठाइएको सूचना र समाचारहरू छरपस्ट बाहिरिएकै छन्। अनि उजुरीको कपि उहाँकै सचिवालयबाट जुन दिन पेसी चढेको छ उही दिन न्यायपरिषदमा यसरी योजनाबद्ध उजुरी परेपछि स्वतन्त्र न्याय कसरी सम्भव हुन्छ?’
त्यस्तै उनले बुधबार संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति सुनेर जनतालाई दिग्भ्रमित बनाएको टिप्पणी गरिन्।
उनले भनिन्, ‘उहाँले नै भन्नुभएको थियो केही दिनअघि, अदालतमा आफ्नै पार्टीका न्यायाधीश बनाउँछौँ। र निर्णय बफादारीमा हुन्छ। आज त्यही प्रधानमन्त्रीले अदालतको फैसलाको जिम्मा सरकारले लिन सक्दैन भन्नुभएको छ।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया