बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शनिबार दिउँसो काठमाडौं ल्याउने तयारी भएको छ।
लामिछानेलाई रुपन्देही कारागारबाट सरुवा गरेर ललितपुरको नख्खु कारागार लैजान लागिएको हो। लामिछानेलाई दिउँसो ३ बजेर १० मिनेटमा बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याउने तयारी भएको हो।
लामिछानेलाई कारागारबाट विमानस्थलसम्म सुरक्षाको समेत प्रवन्ध गरिसकिएको रुपन्देही प्रहरीले जनाएको छ।
गत चैत २५ गतेदेखि रुपन्देही कारागारमा रहेका लामिछानेले त्यहाँ सुविधाको अभाव भएपछि नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए।
अदालतले समेत कारागार सरुवाका लागि अनुमति दिएपनि गृहमन्त्रीको निर्देशनमा उनको स्थानान्तरण रोकिएको थियो। तर, गत हप्ता मानवअधिकार आयोगको टोलीको रुपन्देही कारागार भ्रमणपछि लामिछानेलाई कारागार सरुवा गर्न गृह प्रशासन बाध्य भएको हो।
बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका गत लामिछाने गत चैत २५ गतेदेखि रुपन्देही कारगारमा थिए।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया