बिएल संवाददाता
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बर्खाको खहरे भेल जस्तै भएको टिप्पणी गरेका छन्।
आइतबार नेपाल पत्रकार महासंघ पाल्पाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम उनले रास्वपाको राजनीति बर्खामा आउने खहरे बाढी झैं भएको टिप्पणी गर्दै केही समयमा आफैं सुकेर जाने दाबी गरे।
‘एउटा बर्खा नसकिँदै खहरेको बाढी सुक्छ। कमिला हिँड्न थाल्छन्’, उनले भने, ‘रास्वपा पनि अब हराउँदै जानेछ। विरोधमा रमाएर गरिने राजनीति लामो समय टिक्दैन।’
उनले एमाले-कांग्रेस देश र जनताको हितलाई केन्द्रमा राखेर काम गर्ने पार्टी भएको दाबी गर्दै वर्तमान सरकार कुनै पनि हालतमा नढल्ने जिकिर गरे।
उनले भने, ‘मुलुकको सुरक्षित भविष्यका लागि दुई ठूला दल मिलेर सरकार बनाएका हौं। यही सरकारले मुलुकको भविष्य बनाउँछ। अहिलेको सरकार ढल्नेवाला छैन। सरकार ढल्छ भनेर सपना नदेखे हुन्छ।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया