बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा भारतीय विदेश सचिव विक्रम मिस्रीको उपरखुट्टी बसाइप्रति टिकाटिप्पणी सुरु भएको छ।
सत्तारुढ दल एमालेकै सांसद दयालबहादुर शाहीले प्रधानमन्त्रीसँगको भेटका क्रममा भारतीय विदेश सचिवको बस्ने तरिकाप्रति आपत्ति जनाएका छन्।
मिस्रीको ओलीको अगाडि उपरखुट्टीवाला तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै शाहीले असन्तुष्टि पोखेका हुन्।
उनले भारत संस्कारको हिसाबले कंगाल भएको हो त? भन्दै प्रश्नसमेत गरेका छन्।
उनले भनेका छन्, ‘यस्तो उपरखुट्टी ब्युरोक्रेसी यूएसए र रुस जस्ता महाशक्तिसँग पनि छैन। के भारत युरोप र अमेरिकाभन्दा संस्कारको हिसाबले पनि कंगाल हो त?’
परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका मिस्रीले उच्चस्तरीय राजनीतिक भेटवार्ता थालिसकेका छन्।
प्रधानमन्त्री ओलीलाई भेटेर भारतीय समकक्षी मोदीले पठाएको भारत भ्रमणको निमन्त्रणापत्र हस्तान्तरण गरेका मिस्रीले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि शिष्टाचार भेट गरिसकेका छन्।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया