बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा भारतीय विदेश सचिव विक्रम मिस्रीको उपरखुट्टी बसाइप्रति टिकाटिप्पणी सुरु भएको छ।
सत्तारुढ दल एमालेकै सांसद दयालबहादुर शाहीले प्रधानमन्त्रीसँगको भेटका क्रममा भारतीय विदेश सचिवको बस्ने तरिकाप्रति आपत्ति जनाएका छन्।
मिस्रीको ओलीको अगाडि उपरखुट्टीवाला तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै शाहीले असन्तुष्टि पोखेका हुन्।
उनले भारत संस्कारको हिसाबले कंगाल भएको हो त? भन्दै प्रश्नसमेत गरेका छन्।
उनले भनेका छन्, ‘यस्तो उपरखुट्टी ब्युरोक्रेसी यूएसए र रुस जस्ता महाशक्तिसँग पनि छैन। के भारत युरोप र अमेरिकाभन्दा संस्कारको हिसाबले पनि कंगाल हो त?’
परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका मिस्रीले उच्चस्तरीय राजनीतिक भेटवार्ता थालिसकेका छन्।
प्रधानमन्त्री ओलीलाई भेटेर भारतीय समकक्षी मोदीले पठाएको भारत भ्रमणको निमन्त्रणापत्र हस्तान्तरण गरेका मिस्रीले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि शिष्टाचार भेट गरिसकेका छन्।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया