बिएल संवाददाता
उपसभामुख इन्दिरा रानामगरलाई महाअभियोग लगाउने प्रस्तावबाट पछि हटेपछि एमाले-कांग्रेसका प्रमुख सचेतकहरू सभामुख देवराज घिमिमरेलाई भेट्न पुगेका छन्।
पार्टीका सांसदहरूको हस्ताक्षर खल्तीमा बोकेका कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे र एमाले प्रमुख सचेतक महेश बर्तौला आज प्रस्ताव दर्ता नहुने जानकारी गराउन सभामुखलाई भेट्न पुगेका हुन्।
उपसभामुख इन्दिरा रानामगरविरुद्धको महाअभियोग प्रस्ताव आजै संसद सचिवालयमा दर्ता नहुने भएको छ। नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले उपसभामुखलाई हटाउने प्रस्ताव आजै दर्ता नहुने बताएका छन्।
सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘आजै कुनै पनि नयाँ प्रस्ताव दर्ता हुँदैन। हस्ताक्षर गराएर राख्ने अभ्यास पुरानै हो। पहिला पनि यो अभ्यास थियो। अहिले पनि हामीले त्यही अभ्यास गरेको हो।’
उपसभामुख अमेरिकामा रहेकाले उनी नेपाल फर्किएपछि मात्र महाअभियोग प्रस्ताव दर्ता गर्ने सत्तारुढ दलको तयारी छ। उपसभामुख राना भदौ १३ गते स्वदेश फर्किने कार्यतालिका छ।
उपसभामुख देशबाहिर रहेका बेला महाअभियोग प्रस्ताव दर्ता गर्दा हुने कानुनी जटिलता र नैतिक प्रश्नबाट पन्छिन सत्तारुढ दलले उपसभामुख स्वदेश फर्किने दिन महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेका हुन्।
भदौ १३ गते महाअभियोग प्रस्ताव दर्ता गरेर १९ गतेसम्म छिनोफानो गरिसक्ने सत्तारुढ दलको तयारी छ।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया