बिएल संवाददाता
उपसभामुख इन्दिरा रानामगरलाई महाअभियोग लगाउने प्रस्तावबाट पछि हटेपछि एमाले-कांग्रेसका प्रमुख सचेतकहरू सभामुख देवराज घिमिमरेलाई भेट्न पुगेका छन्।
पार्टीका सांसदहरूको हस्ताक्षर खल्तीमा बोकेका कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे र एमाले प्रमुख सचेतक महेश बर्तौला आज प्रस्ताव दर्ता नहुने जानकारी गराउन सभामुखलाई भेट्न पुगेका हुन्।
उपसभामुख इन्दिरा रानामगरविरुद्धको महाअभियोग प्रस्ताव आजै संसद सचिवालयमा दर्ता नहुने भएको छ। नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले उपसभामुखलाई हटाउने प्रस्ताव आजै दर्ता नहुने बताएका छन्।
सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘आजै कुनै पनि नयाँ प्रस्ताव दर्ता हुँदैन। हस्ताक्षर गराएर राख्ने अभ्यास पुरानै हो। पहिला पनि यो अभ्यास थियो। अहिले पनि हामीले त्यही अभ्यास गरेको हो।’
उपसभामुख अमेरिकामा रहेकाले उनी नेपाल फर्किएपछि मात्र महाअभियोग प्रस्ताव दर्ता गर्ने सत्तारुढ दलको तयारी छ। उपसभामुख राना भदौ १३ गते स्वदेश फर्किने कार्यतालिका छ।
उपसभामुख देशबाहिर रहेका बेला महाअभियोग प्रस्ताव दर्ता गर्दा हुने कानुनी जटिलता र नैतिक प्रश्नबाट पन्छिन सत्तारुढ दलले उपसभामुख स्वदेश फर्किने दिन महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेका हुन्।
भदौ १३ गते महाअभियोग प्रस्ताव दर्ता गरेर १९ गतेसम्म छिनोफानो गरिसक्ने सत्तारुढ दलको तयारी छ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया