बिएल संवाददाता
कांग्रेस सांसद रामहरि खतिवडाले उपसभामुख इन्दिरा रानामगरको अमेरिका भ्रमणबारे प्रश्न उठाएका छन्।
बुधबार प्रतिनिधिसभा बैठक बस्नुअघि संसद् भवन परिसरमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा खतिवडाले उपसभामुखको भ्रमणबारे सभामुख देवराज घिमिरेसँग चासो व्यक्त गरेका हुन्।
दुई साता लामो निजी भ्रमणका लागि गत साउन ३० गते अमेरिका भ्रमणमा गएकी रानामगर भदौ १३ गते नेपाल फर्किने कार्यतालिका छ।
खतिवडाले उपसभामुखको भ्रमणबारे चासो राख्दै सोधे, उहाँ संसदकै कार्य्रकममा अमेरिका जानुभएको कि बाहिरको कार्यक्रममा? व्यक्तिगत कार्यक्रम भए त्यसरी जान मिल्छ कि मिल्दैन?’
सभामुखले जवाफ दिए, ‘व्यक्तिगत भ्रमणमा जाने भनेर जानकारी गराएरै जानुभएको हो। व्यक्तिगत भ्रमणका विषयमा धेरै टिप्पणी नगरेकै राम्रो होला।’
रामहरि यतिमा रोकिएनन्। सभामुखको जवाफ सकिन नपाउँदै ‘रातो पासपोर्ट बोकेर धेरैपटक बाहिर जानुभएको बुझिएको छ। त्यसरी अपारदर्शी तरिकाले रातो पासपोर्ट प्रयोग गर्न मिल्दैन। ध्यानाकर्षण होस्।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया