
बिएल संवाददाता
कांग्रेस सांसद रामहरि खतिवडाले उपसभामुख इन्दिरा रानामगरको अमेरिका भ्रमणबारे प्रश्न उठाएका छन्।
बुधबार प्रतिनिधिसभा बैठक बस्नुअघि संसद् भवन परिसरमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा खतिवडाले उपसभामुखको भ्रमणबारे सभामुख देवराज घिमिरेसँग चासो व्यक्त गरेका हुन्।
दुई साता लामो निजी भ्रमणका लागि गत साउन ३० गते अमेरिका भ्रमणमा गएकी रानामगर भदौ १३ गते नेपाल फर्किने कार्यतालिका छ।
खतिवडाले उपसभामुखको भ्रमणबारे चासो राख्दै सोधे, उहाँ संसदकै कार्य्रकममा अमेरिका जानुभएको कि बाहिरको कार्यक्रममा? व्यक्तिगत कार्यक्रम भए त्यसरी जान मिल्छ कि मिल्दैन?’
सभामुखले जवाफ दिए, ‘व्यक्तिगत भ्रमणमा जाने भनेर जानकारी गराएरै जानुभएको हो। व्यक्तिगत भ्रमणका विषयमा धेरै टिप्पणी नगरेकै राम्रो होला।’
रामहरि यतिमा रोकिएनन्। सभामुखको जवाफ सकिन नपाउँदै ‘रातो पासपोर्ट बोकेर धेरैपटक बाहिर जानुभएको बुझिएको छ। त्यसरी अपारदर्शी तरिकाले रातो पासपोर्ट प्रयोग गर्न मिल्दैन। ध्यानाकर्षण होस्।’
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया