बिएल संवाददाता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेसम्म प्रत्यक्ष निर्वाचन लडेर नै प्रधानमन्त्री भएको बताएका छन्।
बुधबार काठमाडौंमा स्व. प्रदीप गिरीको स्मृतिमा आयोजित राजनीतिमा निष्ठा र नैतिकता विषयक विमर्श कार्यक्रममा बोल्दै उनले धेरैले कति प्रधानमन्त्री भइरहेको? भन्दै प्रश्न गरेको भन्दै जनताले भोट हालेपछि के गर्ने मैले? भन्दै प्रतिप्रश्न गरे।
उनले भने, ‘यहाँ धेरै साथीहरूले कुरा उठाएका छन् अब आफ्नै विषयमा उठाएको कुरालाई मैले के भन्ने? कति प्रधानमन्त्री भइरहने? म कहाँ भएको छु, जनताले भोट हाल्छन् त के गर्ने मैले? पार्टीका सांसदहरूले सहयोग गरे, सबै पार्टीहरूले सहयोग गरेर प्रधानमन्त्री भएको हो म। त्यसकारण एउटा सौभाग्यशाली व्यक्ति पनि हो। अहिलेसम्म म प्रत्यक्ष निर्वाचन लडेको हो जहिल्यै पनि। सौभाग्यले कहिले पनि हारेको छैन।’
त्यस्तै उनले डडेल्धुराबाट आफूलाई हराउन पार्टीका नेताहरू नै आफ्नो खिलाफमा लाग्दा पनि निर्वाचन जितेको बताए। जनताभन्दा ठूलो कोही नभएको बताउँदै सभापति देउवाले सबैले जनताको सेवा गरी मन जित्ने काम गर्नुपर्नेमा जोड दिए।
‘धेरै पार्टीका नेता साथीहरू मेरो खिलाफमा लाग्नुभयो, मलाई डडेल्धुराबाट हार्छ भनेका थिएँ, तै पनि जितेको छु। त्यसैले जनता सबैभन्दा ठूलो कुरा हो। जनतालाई त्यही कारण सार्वभौम सम्पन्न जनता भनेका छौं। जनता देशको मालिक हो। जनता भन्दा ठूलो कोही छैन। त्यसैले सबै साथीहरूले जनताको सेवा गरौं जनताको मन जित्ने काम गरौं,’ उनले भने।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया